समाचारस्वास्थ्यहेडलार्इन

एकै पटक ४ वटा शिशुलाई जन्म दिने आमाको स्वास्थ्यमा समस्य

जनकपुर,

एकै पटकमा ४ वटा वच्चलाई जन्म दिने आमाको स्वास्थ्यमा समस्य देखिएको छ । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका –७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक ४ वटा बच्चालाई जन्म दिएकी हुन् । एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ । उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा.एसके सिंहले बताए ।

प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् । डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिर्नु दुर्लभ’ घटना रहेको बताइन् ।

अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छिन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए । शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा. सिंहले जानकारी बताईन् ।

https://www.youtube.com/watch?v=kqkO9RxVbIE&t=31s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button