
विराटगर,
प्रदेश १ मा फेरि ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १८ गते बिहिबार (आज) प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । सो मध्ये मोरङमा ४४ जना छन् भने सुनसरीमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, झापामा १२ जना, संखुवासभामा ६ जना , धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विकास मन्त्रालयका अनुसार विराटनगरमा मात्र १८ गते विहिबार आज ३३ जनामा संक्रमण देखिएको छ । सो मध्ये १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।
उता सुनसरीको धरानमा ४ महिला र १७ पुरुष छन् भने इटहरीमा १ महिला र २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला छन् । यस्तै, झापाको कमल गाउँपालिकामा २ महिला र ४ पुरुष, विर्तामोडमा ४ महिला र १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष छ् भने धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, ते¥हथुमको म्याङलुङमा १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ८० पुगेको छ ।
भदौं १८ गते बिहिवार (आज) प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११, काली सदन आईसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ४७ पुगेको छ ।