
बिराटनगर,
प्रदेश १ मा फेरि १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १९ गते शुक्रबार (आज) प्रदेश १ मा अहिले सम्मकै उच्च १ सय ४५ जना संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै मोरङमा ७० जनामा पुष्टि भएको छ भने सुनसरीमा ३४ जना, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।
यस्तै, सुनसरीको दुहवीमा ७ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ९ पुरुष, धरानमा १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ भने इनरुवामा २ पुरुष, गढीमा १ महिला र १ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको ३ महिला र ८ पुरुष, दमकमा ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला र २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८सय २५ पुगेको छ ।
भदौं १९ गते शुक्रबार (आज) प्रदेश १ मा ७२ जना संक्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा यो संगै १ हजार ८ सय १९ जना डिस्जार्च भएर फर्केका छन् ।
https://www.youtube.com/watch?v=6rBpqawzefw&t=121s