समाचारस्थानीयस्वास्थ्य

चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु

[mashshare]

ईटहरी,
चटयाङ लागेर सुनसरीमा १ जनाको मृत्यु भएको छ । सुनसरीको देवानगंजमा चटयाङले १ जना स्थानीयको मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगंज गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङ लागेर मृत्यु भएको छ ।

भदौं २० गते (हिजो) शनिबार अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button