समाचारसमाज

स्थानीय जनप्रतिनिधिको रोहबरमा दश हजार लिटर अवैध घरेलु मदिरा प्रहरीद्धारा नष्ट

सर्लाही,

स्थानीय जनप्रतिनिधिको रोहबरमा १० हजार लिटर घरेलु मदिरा प्रहरीद्धारा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय बरथवहा, सर्लाहीले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको हो । स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको १० हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी सर्लाही बसबरिया गाउँपालिक ा–१ र धनकौल गाउँपालिका – ३ स्थित मानिसहरुले अवैध रुपमा उत्पादन गरेर राखेको मदिरा नष्ट गरिएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकरी दिएका छन् ।

तयारी अवस्थाको १० हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको प्रहरी उपरिक्षक भाटले बताए । उनले भने, ‘मदिरासहित प्लाष्टिकको ४७ थान ड्रम, २ थान हण्डी, सिलिण्डर लगायतका सामानहरु पनि बरामद भएको छ ।’ प्रहरी उपरिक्षक भाटका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिनेछ । भारतको बिहारमा मदिरा निषेध भएकोले नेपालबाट सिमापारी अवैध घरेलु मदिरा तस्करी हुने गरेको एक स्थानीयले बताए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । मदिरासहित बरामद गरिएका भाँडाकुडा प्रहरी कार्यालयमै राखिएको छ । प्रहरी उपरिक्षक भाटले भने पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।

https://www.youtube.com/watch?v=cgvMEQ0rnTw

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button