समाजस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा एक सय ५५ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए (डाटा सहित)

विराटनगर,

पछिल्लो २४ घण्टामा प्रदेश १ मा भदौं २२ गते सोमबार (आज) १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । थपिएका संक्रमितहरु मोरङमा ६७ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ६६ जना थपिएका छन् । झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा भदौं २२ गते सोमबार ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको इनरुवामा २४ महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको छ भने इटहरीमा ५ महिला र १० पुरुष छन् । यस्तै, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला र १ पुरुष छन् । झापाको कनकाईमा ७ महिला र ६ पुरुष छन् भने विर्तामोड र बा¥हदशीमा १–१ पुरुष रहेका छन् । पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हालसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा भदौं २२ गते सोमबार (आज) ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=UCFATusw9PY&t=560s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button