समाचारसूचना प्रबिधिहेडलार्इन

प्रदेश –१ सुनसरी सुनसरीमा ४ जना पत्रकारमा कोरोना पुष्टि

[mashshare]

धरान,

सुनसरीमा जना ४ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये एकजान सरकारी क्वारेन्टाइनमा बसेपछि दोश्रो पटकको स्वाब टेष्टम संक्रमण मुक्त भई कार्यक्षेत्रमा फकिएको नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला समितिले बुधवार प्रेस विज्ञप्ती मार्फत सुनसरीमा ४ जना पत्रकारमा कोरोना पुष्टि भएको विज्ञप्तीमा भएको छ ।

संक्रमित भएकामा पत्रकार र मिडिया सञ्चालक रहेका छन् । एकजना संक्रमण मुक्त भएका वाहेक दुई जना होम क्वारेन्टाइनमा बसेका छन् । एक जना पत्रकार वीपी प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचाररत रहेको विज्ञप्तीमा जनाइएको छ । महासंघले संक्रमणको उच्च जोखिमका बीच काम गर्ने सञ्चारकर्मीहरुको आवश्यकता अनुसार पीसीआर परीक्षणको व्यवस्था गर्न साथै उपचारमा रहेका पत्रकारहरुको उचित व्यवस्था गर्न माग गर्दै सञ्चारकर्मीहरु कोरोना सङ्क्रमित भएको अवस्थामा पूर्वतयारीका लागि आइसोलेसनको व्यवस्था गर्नुपर्ने हुँदा त्यसको व्यवस्थापन गर्न पनि सम्बन्धित पक्षसँग माग गरेको छ ।

कोरोना भाइरस महामारीको अवस्थामा नेपाली पत्रकारिता क्षेत्र इतिहासमै सबैभन्दा कठिन दिनहरू आत्मसात गर्न बाध्य बनेको, आर्थिक सङ्कटले पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको अनपेक्षित समय लम्बिँदै गएकाले पत्रकार महासंघ सुनसरीव्दारा गठित अध्ययन, समस्या समाधानका समितिको प्रतिवेदन सार्वजनिक गर्दै विज्ञप्ती जारी गरिएको हो ।

प्रतिवेदनका आधारमा महासंघले सरोकारवाल मिडिया हाउस, तिनै तहका सरकार संग ११ सुत्रिय माग गरेको छ । मागहरु निम्न छन् – १) जिल्लामा बन्द भएका सञ्चार–गृहले केही पत्रकारलाई जागिरबाट निकालेको र केहीलाई बेतलबी बिदामा राखेको पाइएको छ । यस्तै, सञ्चालनमा रहेका सञ्चार–गृहले पनि पारिश्रमिक तथा सेवा सुविधामा कटौती गरेका, लामो समयसम्म पारिश्रमिक नदिएका थुपैै्र पत्रकार भएकाले गर्दा यस्तो कार्य बन्द गरी तत्काल पारिश्रमिक लगायतका सबै सुविधा उपलब्ध गराई पत्रकारको पेशागत अधिकार सम्मान गर्न महासंघ जिल्ला शाखा माग गर्दछ ।

२) कोभिडको नाममा जागिर गुमाउन बाध्य बनाइएका पत्रकारलाई लेखनवृत्तिलगायत वैकल्पिक कार्यक्रम मार्फत् सहयोग गर्न सरकारसमक्ष महासंघ माग गर्दछ । ३) जिल्लामा अहिले सञ्चारकर्मी तथा मिडिया सञ्चालक गरी चार जनामा कोरोना सङ्क्रमण भएको, त्यसमध्ये एक जना क्वारेन्टाइनमा बसी पुनः परीक्षणमा नेगेटिभ देखिएको, दुई जना होम क्वारेन्टाइनमा रहेको तथा एक जना बिपी प्रतिष्ठान धरानमा उपचाररत छन् ।

महासंघ सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । ४) यो विषय परिस्थितीमा संक्रमणको उच्च जोखिमका बीच काम गर्ने सञ्चारकर्मीहरुको आवश्यकताअनुसार पीसीआर परीक्षणको व्यवस्था गर्न र उपचाररत सबै पत्रकारहरुको उचित व्यवस्था गर्न महासंघ जिल्ला शाखा सरकारसँग माग गर्दछ । ५) सञ्चारकर्मीहरु कोरोना सङ्क्रमित भएको खण्डमा पूर्वतयारीका लागि आइसोलेसनको व्यवस्था गर्नुपर्ने हुँदा त्यसको व्यवस्थापन गर्न पनि सम्बन्धित पक्षसँग माग गर्दछ ।

६) अति संकटमा परेका पत्रकारका समस्या समाधान गर्न स्थानीय सरकारलाई ध्यान दिएर उपयुक्त कार्यक्रम ल्याएर पहल गर्न माग गर्दछ । ७) स्थानीय सरकारले सञ्चारका निम्ति छुट्याएको बजेट तत्काल परिचालन गरेर पत्रकारको हितमा काम आग्रह गर्दछ । ८) अहिले सञ्चालनमा रहेका र बन्द भएका विशेषगरी स्वरोजगारमुखी र साना लगानीका सञ्चार–गृह नियमित सञ्चालनमा सहयोग पु¥याउन तीनै तहका सरकारलाई विशेष प्याकेजको कार्यक्रम ल्याउन महासंघ माग गर्दछ ।

९) स्थानीय सरकारले लोककल्यणकारी विज्ञापनवापत उपलब्ध गराउँदै आएको रकम अहिलेको संकटका बेला थपेर उपलब्ध गराउन महासंघ माग गर्दछ । १०) कोरोना महामारीका बेला साना तथा स्वरोजगारमुखी मिडियाले आफ्नो प्रकाशन स्थगन गरेपनि पनि नवीकरणलाई सहज बनाइ स्वतः नवीकरण हुने व्यवस्था गर्न महासंघ माग गर्दछ । ११। सञ्चार–गृहलाई अनुदान तथा सहुलियतमा ऋण प्रदान गर्न महासंघ माग गर्दछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button