अर्थ खबरसमाचारहेडलार्इन

धरानमा असोज १ देखि होटल व्यावसाय सञ्चालन गर्न होटल एशोसिएसन अफ धरानको माग

धरान,
लकडाउनका कारण लामो समय ठप्प बनेको धरानको होटल व्यावसाय सञ्चालन गर्नको लागि सम्बन्धीत निकायमा पहल थालेको हो । एशोसिएसनले विहीबार इलाका प्रशासन कार्यालय धरानसहित ५ वटा सम्बन्धीत निकायलाई ज्ञापन पत्र बुझाएको हो । धरान उपमहानगरपालिका, सुनसरी उद्योग बाणिज्य संघ, प्रदेश १ होटल तथा पर्यटन व्यावसायि संघ र इलाका प्रहरी कार्यालय धरानलाई ज्ञापन पत्र बुझाएको हो । ‘लकडाउनका कारण ६ महिनादेखी बेरोजगार बनेको होटल व्यासायि र आश्रित परिवारहरुको स्थिती कोरोनाका कारण भन्दा पनि एक छाक टार्न नसकि रोग र भोकले ग्रसित बन्दै विकराल रुप बन्दै जानेछ ।’ एशोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

साना, ठुला, मझौला तथा आवासिय लज, होटल, रिसोर्टह?लाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड र कार्यविधि अवलम्बन गराई असोज १ गतेदेखी पूर्ण ?पमा सञ्चालन मिलाई दिई सहयोग गरिदिन एशोसिएसनले अपिल गरेको छ । करिब ६ महिलादेखी लकडाउन बन्दाबन्दीले होटल व्यावसाय धरासायी बनिरहेकोले होटल व्यावसाय सञ्चालनको लागि पहल गरिदिनको लागि ज्ञापन पत्र बुझाएको एशोसिएसनका निवर्तमान अध्यक्ष सुबर्ण श्रेष्ठले बताए । उनले सरकारले तोकेको स्वास्थ्य प्रोटोकल अनुसार सुरक्षित तरीकाले होटल सञ्चालन गर्नको लागि आफुह? तयार रहेको बताए । ‘कोरोना महामारीका कारण करिब ६ महिनादेखी होटल व्यावसाय बन्द छ व्यावसायि धरासायी बन्दै छन् ।

त्यो हामी सबैलाई थाहै छ त्यसैले थप थरासायी बन्न दिनुहुदैन भनेर स्वास्थ्य प्रोटोकल अनुसार सुरक्षित तरीकाले चलाउन पाउनुपर्छ भनेर सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाएका छौं’ निबर्तमान अध्यक्ष श्रेष्ठले भने ‘यदी अनुमती दिनु भयो भने हामी असोज १ गतेदेखी पूर्ण ?पमा होटल व्यावसाय सञ्चालन गर्न तयार छौं ।’ होटल व्यावसायीह? बेरोजगार बनेको र व्यावसाय नै धरानसायी बन्दै गएकोले बाध्य भएर होटल सञ्चालनको लागि सम्बन्धीत निकायलाई खोल्न आग्रह गरिएको एशोसिएसनका अध्यक्ष सरोज भट्राईले बताए । ‘लकडाउनले होटल व्यावसायको लगानी डुब्ने स्थितीमा पुग्यो त्यसैले बाध्य भएर अब सञ्चालन गर्न पाउनु पर्छ भन्ने हाम्रो माग हो’ अध्यक्ष भट्राईले भने ‘हामी सरकारले तोकेको स्वास्थ्य सुरक्षालाई पूर्ण रुपमा अवलम्बन गछौं, हामी त सुरक्षित हुन्छौं नै ग्राहकलाई पनि सुरक्षित बनाउछौं ।’

एशोसिएसनले बैक व्याज, किस्ता, घरभाडामा छुट, अनुदान लगायतको वियषमा समेत सम्बन्धीत निकायमा पहल गरी होटल व्यावसायिह?लाई विपद अवस्थाबाट जोगाउन आग्रह गरेको छ । धरानमा एशोसिएसनसंग आबद्ध साना ठुला गरी करिब २ सय ५० वटा होटलह? सञ्चालित छन् ।

https://www.youtube.com/watch?v=avDV3D3hvgk

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button