
धरान,
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भदौं २६ गते शुक्रबार (आज) संक्रमितको मुत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जाकारी दिएका हुन् । सुनसरीको रामधुनी ५ झुम्काका ४३ वर्षीय पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा दिउसो साढे ४ बजे मृत्यु भएको हो ।
मृतक विगत एक वर्षदेखी झुम्का कारागारमा बस्दै आएका कारण धेरै जानकारी थाहा नभएको प्रतिष्ठानका प्रबक्ता डा.सापकोटाले बताए । उनलाई जिल्ला अस्पताल इनरुवाबाट रेफर गरी आज विहान ११ः५४ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको डा.सापकोटाको भनाई छ । संक्रमितलाई १० दिनदेखी ज्वरो आएको र २ दिन यता खोकी र स्वाशप्रश्वासमा समस्या भएको थियो ।
उनको आजै प्रतिष्ठानमा पिसिआर चेकगर्दा कोरोना पोजेटिभ आएको डा.सापकोटाले जानकारी दिए । मृतकको शव नियम अनुसार नै व्यावस्थापन भइरहेको डा.सापकोटाले बताए ।
https://www.youtube.com/watch?v=ld5Zph_x1Ng&t=18s