
काठमाण्डौं,
पछिल्लो २४ घण्टमा देशभर २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ सय ७३ जना आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।
हालसम्म देशभर संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेका संख्या ७१.१ प्रतिशत रहेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २ सय ९५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन् ।
https://www.youtube.com/watch?v=u19mecfyx68&t=1s