
धरान,
सुनिहाङ्माको श्रीमालाई नेपाल झिकाउने तयारी भएको छ । गत भाद्र २२ गते आफ्नै कोठामा मृत फेला परेकी धरान ११ की सुनिहाङ्गमा लिम्बूकी श्रीमान सिंगापुर पुलिसमा कार्यरत सामजिक सञ्जालमा युबी भनिने आईत माबोलाई अनुसन्धानका लागि नेपाल झिकाउने तयारी भएकोे माइती पक्षले जानकारी दिए । आइतबार नेपाल पत्रकार महासङ्घ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै माईती पक्षले न्यायका लागि ६ सय १ जनाको अभियान समिति समेत गठन गरेको जनाएको छ ।
मृतक सुनिहाङ्माका काका अरुण तिगेलाले मृत्यू प्रकरणमा किटानी जाहेरीमा नाम उल्लेख भएका ५ जना मध्ये सुनिहाङ्माकी श्रीमान आईत माबोलाई अनुसन्धानको दायरामा नल्याए सम्म मृत्यु प्रकरणमा अनेक चलखेल भएकोे आशङ्का लागेको बताए । उनले मृतकको अवस्था र केटा पक्षको परिवारले दिएको अभिव्यक्तिले नै आत्महत्या नभई हत्या भएको दावी गरे । सुनिहाङ्गमाको मृत्यूको कुरामा घरपरिवारले भनेजस्तो स्थलगत अनुगमनमा केही नपाइएको बताए । उनले भने,‘ यस्ता बनावटी कुराले हामीलाई थप शंका उत्पन्न गराएको छ ।’
ज्यान सम्बन्धी कसूर मुद्दामा हिरासतमा रहेका ४ जना आरोपीत मध्ये १ जनालाई कोरोना संक्रमणको बहानामा आफुहरुलाई जानकारी नदिई छाडिएको, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रहरी प्रशासन माथि नै थप शङ्का उपशङ्का उत्पन्न भएको काका तिगेलाले बताए । नेपालमा धेरै नेपाली चेलीहरुले न्याय नपाउनुमा विभिन्न खाले चलखेल र कानुनी बाधा अड्चन मुख्य कारक रहेको सुनिहाङ्गमाको मृत्यू प्रकरणले प्रष्ट पारेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनले थपे, ‘कानुनमा भएको कुरालाई कार्यान्वयनमा ल्याउन सडकमै आउनु पर्ने वातावरण बन्नु दुखद् हो ।’
सुनिहाङ्माकी श्रीमान र आफन्तहरुले विभिन्न संचारमाध्यम र समाजिक सञ्जालमा दिएको अभिव्यक्ति र अनुसन्धान प्रक्रिया ढिलाई हुनुले घटना थप रहस्यमय बन्दै गएको अधयक्ष तिगेलाको भनाई छ । उनले भने ‘यस घट्नालाई मसिनो तारिकाले छानबिन हुनु पर्छ ।’ अध्यक्ष तिगेलाले भने ‘यदि मेरो गाँउपालिकामा यस्ता प्रकृतिको घट्ना देखिएको भए म मसिनो तरिकाले छानबिन गरी काम कारबाही अघि वढाउने थिए तर त्यो मैले यहाँ पाईन् ।’ जनप्रतिनिधि, राजनीति दल ,महिला सञ्जाल, मानब अधिकारकर्मी,न्यायका पक्षमा उभिने न्यायप्रेमी र पत्रकारहरुलाई समेत सुनिहाङ्गमाको न्यायको लागि सहयोग गर्न अध्यक्ष तिगेलाले आग्रह गरे ।
https://www.youtube.com/watch?v=u19mecfyx68