समाचारसूचना प्रबिधिहेडलार्इन

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम खुल्ने

काठमाण्डौं,

केही दिनदेखि परेको लगातारको झरी आजदेखि कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् ।बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो । मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् । मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ । हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर९पुर्वतर्फ सरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति र्पुयाएको थियो । आज कर्णाली प्रदेश, सुदुर (पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जनर चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर९पश्चिम प्रदेशमा आंशिक बदली रही १/२ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एकर दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आगामी २४ घण्टामा प्रदेश नं १ र प्रदेश नं २ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

https://www.youtube.com/watch?v=hlEuxkJ8dao&t=11s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button