समाचारस्थानीयहेडलार्इन

खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयविरुद्ध खानेपानी व्यवस्थापन संघर्ष समितिद्धारा संस्थान घेराऊ (भिडियो सहित)

धरान,


खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयविरुद्ध दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले विरोध प्रदर्शन गदै संस्थान घेराऊ गरेको छ । बुधबार बिहान १० बजेदेखि झण्डै ३ घण्टासम्म खानेपानी संस्थानको शाखा कार्यालय अगाडी संघर्ष समितिले धर्नासहित विरोध प्रर्दशन गरेको हो । धरान उपमहानगरको कार्यपालिका बैठकले कार्तिक २६ गते अर्थात आज औपचारिकरुपमा धरान शाखामा रहेका संस्थानको सम्पत्ति तथा दायित्व लिएर बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्ने आज भएकाले संघर्ष समितिले शाखा कार्यालय संस्थानकोे प्रवेश द्धारअघि धर्ना दिदै विरोध प्रर्दशन गरेका थिए ।
संघर्ष समितिले हिजो मंगलबार पनि धरान उपमहानगरपालिका अगाडी विरोध प्रर्दशन जनाउदै विभिन्न ७ बुँदे माग पत्र बुझाएको थियो । मेयर तिलक राईका स्वकिय सचिव राजेशमान श्रेष्ठले पत्र बुझेका थिए । संघर्ष समितिका संयोजक हर्क साम्पाङले खानेपानी आयोजनाबारे जनताले उठाएको प्रश्नको जवाफ र मागहरु पुरा नभएसम्म संस्थान र बोर्ड मर्ज गर्न नहुने विरोध कार्यक्रममा बोल्दै बताए । ‘हामी संस्थान र बोर्ड मर्ज हुनै हुदैन भन्ने पक्षमा होइनौं, तर आयोजनाबारे थुप्रै प्रश्नहरु छन्, आशंकाहरु छन्, पहिला ती प्रश्नको जवाफ दिइनुपर्छ,’ साम्पाङले भने,‘पानी वितरण गर्ने भनेर ५, ६ बर्षदेखि पैसा उठाएर अहिलेसम्म किन धारा र पानी नदिएको ? १ करोड ५२ लाख लिटर पानी आइयुडिपीबाट उत्पादन हुन्छ भनियो, खै उत्पादन भएको ? यो प्रमाणित गरेर देखाउनुपर्छ ।’ राईले भने
संघर्गा समितिले आइयुडिपीमार्फत भएको खर्चको लेखा परिक्षण सार्वजनिक गर्न पनि माग गरेका छन् । पानीको महशुल महंगो निर्धारण नगर्ने सम्झौता विपरीत महशुल तोक्न नहुने उनीहरुको भनाई छ । बोर्डको कार्यविधिबारे पनि प्रष्ट पार्नुपर्ने माग समेत समितिले अघि सारेको छ ।

राजनीतिक दलहरु रहेको सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिले पनि संस्थान र बोर्ड मर्जको विरोध गरेको छ । आज समितिले प्रेस विज्ञप्ती जारी गर्दै विगतको सम्झौता कार्यान्वयन नभएको तथा पानी उत्पादनको लक्ष्य प्राप्ती नभएको भन्दै संघर्ष समितिले पनि विरोध जनाएको छ । साथै, मेयर तिलक राईले आयोजनाको छानबिन गर्न विज्ञ टोली गठन गरेकोमा उक्त समितिको प्रतिवेदन पनि नआइसकेकोले संस्थानलाई बोर्डमा गाभ्ने प्रकृयाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button