समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा १ सय ८९ जना कोरोना संक्रमित थपिए, छ सय बढीले कोरोना जितेर घर फर्के

विराटनगर,

प्रदेश १ मा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ८९ जना कोरोना प्रोजेटिभ भेटिएका छन् भने ६ सय ६२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । होम आईसोलेसनबाट ५ सय ७८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका छन् । यस्तै, विराट सामुदायिक भवनबाट ७ जना, मारवाडी सेवा सदन आईसोलेसन र काली सदन आईसोलेसन विराटनगरबाट ४–४ जना डिस्चार्ज भएर घर फर्केका हुन् ।

यस्तै पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २–२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय १८ पुगेको छ ।


आज प्रदेश १ मा थपिएका १ सय ८९ जना कोरोना संक्रमितमा मोरङ्खमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, ते¥हथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् । मोरङ्खको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१ जना थपिएका छन् ।

झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १ जना थपिएका छन् । ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, ते¥हथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button