समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा फेरि तीन सय ६४ जना कोरोना संक्रमित थपिए , सात सय ३६ जना डिस्चाज भएर घर फर्के

[mashshare]


विराटनगर,
प्रदेश १ मा आज ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ्खमा १ सय ४२, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा ८, ते¥हथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, संखुवासभा र धनकुटामा २–२, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, कटहरी र रंगेलीमा ५–५, लेटाङ, कानेपोखरी र सुनबर्षीमा ३–३, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको विकास मन्त्रालयले जनाएको छ ।

नसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा ९, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा ६, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, मेचीनगरमा ४, अर्जुनधारा र भद्रपुरमा २–२, बुद्धशान्ति, बा¥हदशी र झापा गाउँपालिकामा १–१ जना रहेका छन् ।


उदयपुरको त्रियुगा र कटारीमा २–२, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाममा १–१, पाँचथरको मिक्लाजुङमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७ सय ५ जनाले पीसीआर परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय ३६ जना डिस्चार्ज भएर घर फर्केका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएर घर फर्केका छन् । प्रदेश १ मा कोरोना जितेर घर फर्कनेको संख्या बढ्न थालेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button