
काठमाण्डौं,
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज यो संख्या थपिएको हो । यी सहित अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन्। । हालसम्म कोरोना जित्नेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । आज थप २१ जना कोरोना संक्रमितको मृत्यृ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जना रहेको छ । हालसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयको तथयाड्ढमा उल्लेख छ ।