समाचारस्वास्थ्यहेडलार्इन

रंगेलीबाट प्रतिवन्धित लागूऔषधसहित दुई जना पक्राऊ

मोरङ,

मोरङको रंगेली नगरपालिका –७ बसपार्क नजिकैबाट प्रहरीले प्रतिविन्धत लागूऔषधसहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका ९ बस्ने २४ वर्षका कुन्दन सहनी र १९ वर्षका आदर्श दासलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित लागूऔंषध नाईट्राभेट ट्यावलेट १ हजार २ सय ३० थान बरामद गरेको छ । सुराकीको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको को ३३ प २०६२ नम्वरको मोटरसाकलबाट लागूऔषध फेला परेको छ । उनीहरुलाई लागूऔषध ओसारा पोसार अन्तर्गत मुद्दा चलाउने ईलाका प्रहरी कार्यलय रंगेलीका निरीक्षक अनमोल खड्काले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button