राजनीतिसमाचार

कांग्रेसद्धारा केपी ओली जिन्दावादको खण्डन (गोले)

धरान,


मुख प्रतिपक्षि नेपाली कांग्रेसद्धारा केपी ओली जिन्दाबादको खण्डन गरेको छ । कांग्रेसले गत मंसिर २९ गते देशव्यापी गरेको विरोध प्रदर्शनको क्रममा सुनसरीमा केपी ओली जिन्दावादको नारा लगाएको भनि केही अनलाईन सञ्चार माध्यमले समाचार संप्रेषण गरेकोप्रति सुनसरी कांग्रेसले गम्भिर आपत्ति जनाउंदै समाचारको कडा निन्दा, घोर भत्र्सना र खण्डन गरेको हो ।


पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले तामाङले समाचारको कडा निन्दा, घोर भत्र्सना र खण्डन एक विज्ञप्ति जारी गर्दै गरेको छ । विज्ञप्तिमा ओली सरकारवाट भएको व्यापक भ्रष्टचार, अधिनायकवाद, सर्वसत्तावाद र अलोकतान्त्रिक कार्यशैली तथा कोरोना महामारीमा देखाएको लाचारीपनाको विरुद्धमा सुनसरीमा मात्र नभएर देशको ७७ वटै जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरुवाट समेत ओली सरकारको चर्को विरोध गरिएको प्रष्ट हुंदाहुंदै ओलीको जयजयकार गरेको भनि समाचार संप्रेषण हुनु प्रेस जगतका लागि पनि उचित नभएको जनाउंदै सही र सत्य समाचार प्रकाशन गरी प्रेसप्रतिको जनविश्वास कायम राख्न समेत सुझाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button