
विराटनगर,
प्रतिबन्धित लागुऔषध खैरो हेरोइन सहित ३ जना युवा पक्राउ परेका छन् । मोरङ जिल्लाको विराटनगर २ स्थानबाट लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी (९ का ३२ वर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ वर्षीय मो।आशिक मिया रहेका छन् ।
बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार साँझ करिब ५ बजे बिराटनगर (१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पछि उनीहरुलाई चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसै गरी बिराटनगर (१७ का २७ वर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई पनि बुधबार बेलुका ५ बजे बिराटनगर (७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीको भनाई छ ।