
विराटनगर,
प्रदेश १ को मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी शुरु भएको छ । नेपाल कम्युनिस्ट पाटीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ताको अन्तीम तयारीमा जुटेका छन् । नेकपाको केपी शर्मा ओली खेमा रहेका मुख्यमन्त्री राई विरुद्ध अविश्वासका प्रस्ताव दर्ता हुन लागेको छ ।
माधव प्रचण्ड समूहका एक प्रदेश सांसद्ले आफूहरु अविश्वास प्रस्तावको गृहकार्यमा रहेको र केन्द्रको निर्देशन पर्खिएर बसेको बताए । प्रचण्ड– माधव समूहले शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री विरुद्ध अविश्वासका प्रस्ताव दर्ता गराइसकेका छन् ।