राजनीतिसमाचार

प्रतिनिधि सभा विघटनको विरुद्धमा धनकुटाकामा पनि कांग्रेसको विरोध प्रर्दशन

[mashshare]

धनकुटा,


प्रतिनिधि सभा विघटनको विरुद्धमा धनकुटामा पनि कांग्रेसले विरोध प्रर्दशन गरेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा कांग्रेसले धनकुटामा विरोध प्रर्दशन गरेको हो । धनकुटाको पाटी कार्यालयबाट निस्केको विरोध ¥यालीे संगम चौकबाट नारा लगाउदै धनकुटा बजारको परिक्रममा गरी बस पार्कमा पुगी विरोध सभामा परिणत भएको थियो ।


सो विरोध सभामा कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै संसद विघटनको प्रतिरोध गर्ने वताए । कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले ओली सरकार अधिनायक वादी र सर्वसत्तावादी भएको वताए । संविधान सभा सदस्य तथा प्रदेश सासंद लिला सुब्बाले नेपाली कांग्रेसले संविधानको रक्षाका लागी आन्दोलन गर्ने बताईन् । संविधान सभाका सदस्य अञ्जना ताम्लीले संविधान विपरित गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरी लोकतन्त्र माथि प्रहार गरेको वताईन् ।


कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको विरोध सभामा कांग्रेस आदीवासी जनजाती विभगाका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु कमोट फागु, निर्मल ओझा,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,क्षेत्रिय सभापति जितेन्द्र राई,धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ,यूवा नेता कृष्ण थापा,नेपाल महिला संघकी जिल्लाका उपाध्यक्ष अम्विका धमला लगायतले संविधानको रक्षा र लोकतन्त्रको सरक्षणका लागी कांग्रेस सडकमा आएको वताए ।


विरोध सभा कार्यक्रममा छिन्ताङ्ग काण्डमा साहदत प्राप्त गर्नु भएका सहिद बल बहादुर खत्री कार्कीका भाई युवराज कार्की नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका उनीसंगै नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु हुनेहरु टिकाराम राई,महोन राई,भोला राई, चन्द्र परियार,पवित्रा परियार अञ्जली गिरि,बिमला रणपैली,टिका नेपाली लगायत २३ जना नवप्रवेशीहरुलाई प्रमुख,अथिति,अथितिहरुले टिका,अविर माला लगाई पाटीमा स्वागत जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button