अर्थ खबरसमाचार

भारतीय ५ सय दरको नोटसहित एक जना युवा पक्राउ

विराटनगर,
भारतीय ५ सय दरको नोट सहित विराटनगरबाट एक जना युवा पक्राउ परेका छन् । प्रतिबन्धित भारतीय ५ सय नोट सहित विराटनगर भन्सारबाट युवा पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ९ जुटविकासका अन्दाजी २५ वर्षीय लुकास राजवंशी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्m आउदै गर्दा पक्राउ गरेको हो ।


बिहान करिब ११ बजे पक्राउ परेका राजवंशीको साथबाट ५ सय दरको ४० थान अर्थात २० हजार वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button