
ईटहरी,
प्रतिबन्धित लागुऔषध गाँजासहित ३ जना युवा पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका ९ बाट गाँजासहित पक्राउ परेका हुन् । मोरङको केरावारी गाऊँपालिका(१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार राती १ बजे २ केजी ७ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
गाँजाको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । साथै लिम्बुले गाँजा ओसारपसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङ केराबारी १० खदम खोलास्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ केराबारी ७ का १७ वर्षीय बिशेष राई र सोही स्थानका १९ वर्षीय बिपिन लिम्बु रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजासहित पक्राउ गरेको हो । लागुऔषध गाँजासहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।