
धनकुटा,
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काले धनकुटामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्दै मुलुकको विद्धमान समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा मात्र समाधान हुने वताए । भेटघाट कार्यक्रममा नेता दिपक खड्काले कांग्रेसमा संवैधानिक संकट आएको वताए ।
लोकतन्त्र र संविधानको रक्षाको लागी कांग्रेस सशक्त भएर अगाडी बढ्नु पर्ने उनको धारण थियो । सो कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले समहमती ,सहकार्यका साथ सवै अगाडी बढ्नु पर्ने वताए ।
धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्यहरु विष्णु पौडेल,निर्मल ओझा,समना तिम्सिना,हिमा चेम्जोग,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले मुलुक अहिले संकटमा भएकोले यसको निकासका लागी कांग्रेसले नेतृत्वगरी अभियान संचालन गर्नु पर्ने वताएका छन् ।