समाचारस्वास्थ्यहेडलार्इन

बास्केटवल खेलाडी प्रदिपको सफल शल्यक्रिया,वीपी प्रतिष्ठान द्धारा निशुल्क उपचार

[mashshare]

धरान,
बास्केटबल खेलाडी प्रदिपको सफल शल्यक्रिया भएको छ । प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शलल्यक्रिया भएको हो । पौष १५ गते अस्पताल भर्ना भएको गुरुङ्गको हिजो आइतवार दुई घण्टा लामो मेजर शल्यक्रिया भएको थियो । प्रतिष्ठानका अर्थोस्कोपिक सर्जन प्रा।डा। विष्णु पोर्खेलले उनको शल्यक्रिया गरेका थिए ।

पुर्ण रुपमा च्यातिएको एसिएल (एन्टिरियर व्रmुशियट लिगामेन्ट) उनकै ह्यामिस्ट्रीङ्ग ग्राप्mट झिकेर एसियल रिकन्सट्रक्सन गरिएको छ भने बाहिर पटिको केहि भाग च्यातिएको ल्याटेरियल मिनिस्कस काटेर मिलाइएको प्रा।डा।पोख्रेलले जानकारी दिए । डा। पोखे्रलका अनुसार आजदेखि नै गुरुङ्गको थेरापी सुरु गर्ने र थेरापी सफल भए व्यवसायीक रुपमा नै खेलमा फर्कन सक्नेछन् । उनले करिव ६ महिना लामो थेरापी गर्नुपर्ने हुन्छ ।

लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा घाइते भएका प्रदेश १ बास्केटवल खेलाडी गुरुङ्गको विपि प्रतिष्ठानले निःशुल्क उपचार गरिदिने भएको छ । उनको उपचारको क्रममा प्रतिष्ठानमा लाग्ने सम्पुर्ण खर्च प्रतिष्ठानले निःशुल्क गरिदिने भएको छ । राज्यलाई अन्तराष्ट्रियस्तरमा चिनाउन खेलाडीको महत्वपुर्ण भुमिका हुने भएकोले गुरुङ्गलाई सहयोग गरेर वीपी प्रतिष्ठानले आफ्नो सामाजिक उत्तरदायित्व निभाएको प्रतिष्ठानका रजिष्टार डा।मोहनचन्द्र रेग्मीले बताए । प्रतिष्ठानमा लाग्ने खर्चबाहेक शल्यक्रियामा लाग्ने सामानको मुल्यमा समेत छुटका लागि पहल गर्ने उनले वताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button