राजनीतिसमाचार

धनकुटाको डाडाबजारमा पनि कांग्रेसको विरोध प्रर्दशन

धनकुटा,

धनकुटाको डाँडाबजारमा पनि नेपाली कांग्रेसले विरोध प्रर्दशन गरेको छ । प्रदेश निर्वाचन क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ धनकुटाले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले यस बेला सबैको आँखा न्यायलय तिर गएको बताएका छन् । नेकपाको दुई तिहाईको सरकारले असंवैधानिक ढंगबाट संसद विघटन गरेको विरुद्धमा धनकुटाको सागुरगढी गाउपालिकाको डाडाबजारको बसपार्क बाट शुरु भएकोे वृहत ¥यालीले डाडाबजारको विभिन्न भागहरुको परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो ।

कांग्रेसले लोकतन्त्र र संविधानको रक्षा गर्न सशक्त आन्दोलन गर्ने कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले बताए । धनकुटाका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले अहिले सवैको आखा न्यायलय तिर गएको वताउदै संसद पुर्नस्थापना नभए कांग्रेसले निर्वाचनलाई आन्दोलनको रुपमा अगाडी बढाउदै निर्वाचनबाटै नया संसद निर्माण गर्न तयार रहेको वताए ।

प्रदेश क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ धनकुटका सभापति जितेन्द्र रुम्दाली राईको अध्यक्षतामा सम्पन्न विरोध प्रर्दशन तथा विरोध सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा तरुण दलका पूर्व केन्द्रिय सदस्य कमोट फागु, महासमिति सदस्य दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्यहरु हर्कमान चेम्जोग,नेपालधन राई,धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ,चौविसे गाउपालिकाका सभापति बिजु राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका वरिष्ठ जिल्ला उपाध्यक्ष धिरज साङ्बो ,सागुरीगढी गाउपालिका वडा नं. ५ का वडाध्यक्ष पलक वहादुर वस्नेत लगायतले अब कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धि बनाउने सक्ने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button