
धरान
नेकपा युवा नेता चोत्लुङद्धारा जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । धरानका नेकपा युवा नेता फोक्वाहाङ सुव्वा (चोत्लुङले) आफ्नो जन्म दिनको अवसरमा रक्तदान गरेर जन्मउत्सव मनाएको हो । नेकपा धरानका ईन्चार्ज समेत रहेका सामाजिक कार्यमा सदैव सकृय नेता चोत्लुङले विगत ३ बर्ष देखी आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रम गदै आएका छन् ।
वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थीत नेपाल रेडक्रस सोसाईटिको ब्लड बैङकमा आज भएको रक्तदान कार्यक्रममा नेता चोत्लुङले ३५ पिण्ट रगत संकलन गरेका छन् । रगत अभावले कुनै पनि विरामीको मृत्यु नहोस भन्ने उदेश्यले रक्तदान गरिएको युवा नेता चोत्लुङले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए । आफु संगै सुभेच्छुक साथीहरुले रक्तदान गरी यो मानवीय कार्यमा सहयोग गरेकोमा जन्मदिनका लागि जम्मा भई रक्तदान गर्न सघाउ पु¥याउने साथीभाई प्रति हार्दिक आभार व्याक्त समेत गरे ।