
धरान,
भन्सार छलेर ल्याएको बोईलर कुखुरा प्रहरीद्धारा नष्ट गरिएको छ । नेपाल भारत सिमानामा पर्ने सुनसरीको कोशी गाउँपालिका ८ बाट भन्सार छली छलेर ल्याएको बोइलर कुखुरा पक्राउ गरी नष्ट गरिएको हो । सुनसरीमा भन्सार छलेर ल्याएको बोइलर कुखुरा खाडल खनेर पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भन्सार तथा क्वारेन्टाइन छलेर भारतबाट ल्याइएको ७४ थान कुखुरा पक्राउ गरिएको थियो । प्रहरीका अनुसार ती कुखुरा कुल २ सय ३० केजी रहेको थियो भने बजार मुल्य ४६ हजार बराबर रहेको छ । ती कुखुरा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले जिल्ला पशु कार्यालयका अधिकृतलगायतको उपस्थितिमा खाडल खनेर पुरेको पनि प्रहरीले जनाएको छ ।