समाचारस्थानीयस्वास्थ्य

भेडेटार जस्तै धरानलाई हुस्सुले छोप्यो, अत्यधिक चिसो बढ्यो

धरान,

आजको दिन धरान भेडेटार जस्तै हुस्सुमा लुकेको छ । यहाँको मौषम आज अत्यधिक चिसिएको छ । तराईमा शितलहर हुँदा धरानलाई हुस्सुले छोपेको हो । मौषम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर तराईका धेरै जसो ठाउँमा हुस्सु, कुहिरो लागेको अवस्था छ ।

धरान ८, तीनकुनेस्थित जल तथा मौषम विज्ञान कार्यालयका सहायक मौषमविद् ए.पि.औचासियाका अनुसार आज धरानको मौषम न्युनतम १४.४ डिग्रि सेल्सियस रहेको छ । धरानको भुगोल तराईसँग मिल्दोजल्दो भएकोले तराईको शितलहर उत्तरतर्फ सर्दै जादा हुस्सुको रुपम लिएको मौषमविद् औचासियाले बताए ।

‘धरानमा देखिएको कुहिरो हो, शितलहर होइन । शितलहर तराईको मौषमी गतिविधि हो । धरानमा शितलहर चल्दैन, हुस्सुकोरुप मात्र देखिन्छ,’उनले भने । यो समयमा नेपाल पृथ्वीको उत्तरी गोलार्धमा पर्ने र यो हिउँदको समयमा सुर्यको किरण दक्षिणी गोलार्धमा पर्ने भएकोले उत्तरी गोलार्धमा चिसो तथा जाडोयाम हुने मौषमविद् बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button