
धरान
धरानमा २ करोड लगानीमा होटल सञ्चालनमा आएको छ । होटल धरान किचन प्रा.लि.ले २ करोडको लगानीमा तेस्रो सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो । धरान–१५ बगरगाछी नजिक दशरथमार्गमा धरान किचनकोे शाखा सञ्चालनमा ल्याएको सञ्चालक कृष्ण पाठकले बताए ।
होटल सञ्चालनमा ल्याउन २ करोड रुपैयाँ लगानी भएको सञ्चालक पाठकले जानकारी दिए ।
‘भिआइपी, डिलक्स, स्टेण्डर्ड र नर्मल गरी चार किसिमको एसी कोठा सहितको होटल सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘हाल १९ वटा कोठा उपलब्ध छन् ।’ विवाह, पार्टी, सेमिनार, गोष्ठीका लागि पनि छुट्टै कोठा रहेको सञ्चालक पाठकले जानकारी दिए । उनले अब धरानमा स्तरीय होटल खोज्दै इटहरी, विराटनगर जानु नपर्ने बताएका छन् ।
धरान शहर पर्यटकीय हिसाबले समेत उपयुक्त भएपनि स्तरीय होटल नभएको भन्दै पर्यटक इटहरी, विराटनगर र भेडेटार पुग्नुपर्ने बाध्यता थियो । शान्त वातावरण, सही लोकेसनमा रहेकोले पनि होटल चल्ने उनको दावी छ । ‘भारतीय पर्यटक, विदेशी कुटनीतिक नियोग, भीआइपी व्यक्तिहरु आउँदा पनि अब धरानमा समस्या पर्दैन’, उनले भने, ‘अब लगभग धरानमा स्तरीय होटल खुलिसकेका छन् । सो मध्ये यस होटले पनि पर्छ ।’
होटलमा फेमिली रेष्टुरेण्ट र बार, सेकुवा कर्न र थकाली भान्सा चखाउने जानकारी दिए । उनले उद्घाटनको अवसरमा खानामा २० प्रतिशत, पिर्यपर्दाथमा १० र कोठामा ३० प्रतिशत छुटको व्यवस्था रहेको समेत जानकारी दिए । यसअघि धरान–२ भानुचोकमा धरान किचन सञ्चालनमा ल्याएका थिए । सो होटल राम्रो चलेपछि दोस्रो होटल धरान–८ बरगाछीमा धरान किचन सेकुवा कर्नर नामले सञ्चालनमा ल्याएका थिए ।
