
काठमाण्डौं,
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, ू म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।
काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् । यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू शुरुदेखि नै स्पष्ट रहेको पनि बताए । उनले भने, ुसंसदीय व्यवस्थापनमा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई यो गर त्यो भन्नुहुँदैन भनेको हुँ । यसमा म प्रतिबद्ध छु ।