
काठमाण्डौं,
नेपाल कम्युनिष्ट पाटी (नेकपा)को अन्तिम बैठक सकिएको छ । माओवादीको पाटी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड(नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाल पक्षको आन्तरिक छलफलपछि बसेको बैठकको निर्णय अनुसार नेपाल पक्ष एमालेमा फर्किएको हो ।
बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त र्गयौँ । यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक हुन सक्छ, प्रवक्ता श्रेष्ठले भने । उनले अझै पनि एकताको पहल भने जारी राख्ने बताए । ुसर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो,ुउनले भने दुईवटा पाटीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।
अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ब्यूँतिने भएको छ । नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने यस अगाडी नै प्रतिक्रिया दिइसकेको थिए ।