प्रदेशसमाचारसमाज

ल्यापटप चोरी गर्ने एक जना पक्राउ


विराटनगर,

ल्यापटप चोरी गर्ने १ जना पक्राउ परेका छन् । ल्यापटप चोरी गर्ने १ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ खार्जीका २३ वर्षीय अमिसजंग बस्नेत रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय मोरङ्घका अनुसार अमिसजंगलाई हिजो मंगलबार दिउँसो करिब ५ बजेतिर विराटनगर ९ ट्राफिक चोक नजिकबाट पक्राउ गरिएको हो । उनले फागुन १ गते साँझ करिब ७ बजे विराटनगर ४ ढाटमा डेरा गरी बस्ने २२ वर्षीय रमेश कुमार यादवको ल्यापटप चोरी गरेका थिए । प्रहरीले अनुसन्धान पश्चात उनलाई चोरी भएको ल्यापटपसहित पक्राउ गर्न सफल भएको थियो । अमिसजंगलाई चोरी कसुरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी मोरङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button