राजनीतिसमाचारहेडलार्इन

माओवादी पाटीद्धारा चार सदस्यीय कार्यदल गठन

काठमाण्डौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पाटीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पाटीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पाटीहरुसंग गर्ने भनिएको छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग वार्ता गरेका थिए । त्यस्तै बुधबारको बैठकमा चैत्र १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ ।
त्यस्तै बैठकले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् । प्रवक्ता श्रेष्ठले सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता गर्न कुनै ज्योतिषीले मिति नदिएको भन्दै त्यसबारे पाटीले निर्णय पछि गर्ने जानकारी दिए । त्यस्तै माओवादी केन्द्रले यो संसद अबको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राखेको जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button