अर्थ खबरसमाचारस्थानीयहेडलार्इन

भन्सार छली गरेर सामन ल्याउने चार वटा पसललाई ७० हजार जरिवाना (भिडियो सहित)

[mashshare]

धरान,

भन्सार छली गरेर सामन ल्याई बिक्री गर्ने ४ वटा पसललाई ७० हजार जरिवाना तिराएको छ । धरानमा संचालित दैनिक उपभोग्य सामनहरुकोे अनुगमन गर्दा ४ वटा पसल जरिवानामा परेको हो ।


बिहिबार वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका टोली इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, उपभोक्तावादी संघसंस्था, धरानका संचारकर्मी र धरान उपमहानगरपालिकाका प्रतिनिधिको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो ।
भारतबाट लुकाइछिपाइ राजश्व छलेर खाद्यान्न लगायतका दैनिक उपभोग्य विभिन्नि ब्राण्डका विभिन्न दैनिक उपभोग्य सामाग्रीहरु ल्याई बिक्री वितरण गरीरहेको सुचाना वाणिज्य आपुर्ति तथा उपभोक्ता संक्षण कार्यालय विराटनगरमा उजुरी परेपछि अनुगमनमा आएको निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उजुरीको आधारमा धरानमा आई पसल अनुगमन गर्ने क्रममा भन्सार छली गरी लेवन र मुल्या बिनाको सामानहरु पसलमा भेटिएपछि एक पटकलाई सुध्रने मौका दिदै उपभोक्ता संरक्षण कार्यालयबाट खटी खाएका अनुगमन टोली ३ वटा पसललाई २० हजारका दर र एउटा पसललाई १० हजार जरिवाना गरी जम्मा ७० हजार जरिवाना गरिएको कार्यालय प्रमुख पोखरेलले बताए ।


ती पसलहरुले खरिद बिक्री बिल बेगर ती सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोको आधारमा पसल अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । उनका अनुसार बिस्कुट, भुजिया, पापड, लेज, कुरकुरे आदिमा खरिदबिक्री बिल समेत नभएको पाइएको थियो ।


जरिवाना तिर्ने पसलहरु सिटी स्टोर २० हजार, सुमित्रा स्टोर २० हजार, एचके किराना स्टोर १०हजार र रोशनी किराना पसललाई २० हजार जरिवाना गरिएको छ । चारवटा पसललाई ७० हजार रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार चारवटा पसललाई जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

https://www.youtube.com/watch?v=KP3cv-Se6M8

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button