
धरान,
८ औं संस्करणको पूर्वाञ्चल स्टारमा २० जना प्रतियोगी छानिएका छन् । पूर्वाञ्चल बागिना कला केन्द्रद्धारा आयोजित ‘पूर्वाञ्चल सिङगीङ स्टार’ मा २० जना प्रतियोगी छनौटमा परेको हो । यस संस्करणमा ३४ जना प्रतियोगीहरुले सहभागीता जनाएका थिए । दोस्रो चरणको अडिसनबाट तेस्रो चरणको अडिसनमा छनौट हुँदा १४ जना सहभागीहरु बाहिरिएका छन् ।
प्रदेश १ का विभिन्न जिल्लाका प्रतियोगी छनौटमा परेका छन् । प्रतियोगितामा छनौंट हुनेहरुमा सुनसरीकी निशा खपाङ्गी, सोनिया मुर्मु, सुवास श्रेष्ठ, निशा तामाङ, सन्तोष लिम्बू, रिजन लोहनी, कल्पना तामाङ, अजुमा राई, प्रेरणा राई छनौटमा परेका छन् । यस्तै, टप २० का लागि बालिका स्टार बनेकी धरान सुनसरीकी हेमा राई सिधै छनौटमा परिन् । यस्तै, धनकुटाका देवेन्द्र मादी, पवित्रा राई, भोजपुरका निशान गजमेर, साजन राई, बबिता गुरुङ छनौटमा परेका छन् भने मोरङकी अनुष्का ढकाल छानिएकी छिन् । यस्तै, पाँचथरका अर्जुन राई, यस्तै उदयपुरका अर्जुन राई छनौटमा परेका छन् ।
प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार विशाल राई, मनोज मोते थिए । चौथो वा अन्तिम अडिसन मङ्गलबार आयोजना हुने आयोजक संस्थाका संयोजक भक्तिराज राईले जानकारी दिए । बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।