खेलकुदसमाचारस्थानीयहेडलार्इन

प्रदेश स्तरीय बास्केटवल प्रतियोगीताको उपाधी महेन्द्र र डिपो क्याम्पसलाई

धरान,
प्रदेश स्तरीय वराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि महेन्द्र क्याम्पस र डिपो क्याम्पसले हात पारेको छ । विहिवार भएको फाइनल खेलमा महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेको छ भने डिपो क्याम्पसले महिला तर्फको उपाधि जितेको हो । पुरुषतर्फको फाइनल खेलमा महेन्द्रले डिपोलाई ४३–३७ अंकले हराउदै उपाधि जिते । महेन्द्र र डिपोले प्रत्येक क्वाटरमा ८–६, १२–३, १३–८ र ११–२० अंक जोडेका थिए ।


यस्तै, महिलातर्फ डिपोले विष्णु मेमोरियललाई ४२–६ अंकले हराउदै उपाधि जित्यो । दुवै टिमले प्रत्येक क्वार्टरमा प्रत्येक क्वाटरमा १०–२,८–०,११–२ र १३–२ अंक जोडेको थियो । पुरुष तर्फको विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । महिलातर्फको विजेता टिमले नगद १० हजार र उपविजेता टिमले नगद ५ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।


विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, वराह गु्रपका पव्लिक रिलेशन अफिसर सुरेन्द्र सिंह विश्वकर्मा, नेपाल ख्रिट्रियन समाजका केन्द्रिय सचिव कुवेर गुरुङ्ग, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।


महिलातर्फ सेमिफाइनल खेलमा डिपोले सियोन स्कुल, विष्णुले केन्द्रिय प्रविधि क्याम्पस हातिसार कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । पुरुष तर्फ सेमिफाइनलमा डिपोले सियोन स्कुल र महेन्द्रले विकेभिएम विराटनगरलाई पराजित गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी डिपोका कविन मगर र महिला तर्फ लियालिसा श्रेष्ठ घोषित भए । हाइस्कोरर महेन्द क्याम्पसका सर्वोधन राई र डिपोकी सितल तामाङ्ग, उदयीमान खेलाडी सियोनका साहिल तामाङ्ग र विष्णुकी निभा चेम्जोङ्ग घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच महेन्द्रका गौरभ ओझा र विष्णुकी लिङवा मावोहाङ घोषित भएका थिए ।


उत्कृष्ट खेलाडीले जनही नगद २ हजार रुपैया, हाइस्कोर विजेताले जनही नगद एक हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र, सप अर्डरका डिस्काउन भौचर, धरान फिटनेस क्लवका तीन महिना फ्री सर्भिस र डिमाण्डु ज्वाइ खानाका पाँच सय रुपैया वरावरको फुड भौचर प्राप्त गरेका छन् । प्रतियोगिता अवधिभर हाइस्कोरर सर्वोधनले ६३ र सितलले ४४ व्यक्तिगत अंक जोड्न सफल भएका थिए ।


फाइनल खेल अघि सम्पन्न भएको प्रकाश पौडल थ्री पोइन्ट कम्पिटिसनका विजेता डिपोकी लियालिसा श्रेष्ठ र धरान मेघाका सन्तोष तामाङ्ग भएका छन् । महिला तर्फको कम्पिटिसनमा लियालिसाले ६ थ्री पोइन्ट सट र पुरुष तर्फ सन्तोषले ४ थ्री पोइन्ट सट बास्केट गरेका थिए । विजेताले जनही नगद ३ हजार रुपैया, ट्रफि, प्रमाण पत्र, सप अर्डरका छुट्को भौचर र डिमाण्डु ज्वाइ खानाको ५ सय रुपैया वरावरको कुपन प्राप्त गरेका छन् । कम्पिटिसनमा पुरुष तर्फ १३ जना र महिला तर्फ ३ जना खेलाडीहरुले सहभागिता जनाएकका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button