राजनीतिसमाचारहेडलार्इन

नेकपा माओवादी केन्द्रको बैठक शुरु, समसामयिक राजनीतिक विषय र साङ्गठानिक विषयमा छलफल हुदै

[mashshare]


काठमाणडैं,
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैंठक शुरु भएको छ । बैठकमा समामयिक राजनीतिक विषय र साङ्गठानिक विषयमा छलफल हुने भएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट जारी स्थायी समिति बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

माओवादी नेताहरुका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।
‘आजको बैठकमा समर्थन फिर्ताबारे पनि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने, ‘पार्टीहरुबीचको छलफल, नयाँ सरकार लगायतका विषयमा छलफल त हुने नै भयो । तर निर्णय के हुन्छ भन्ने छलफलपछि मात्रै थाहा होला’, ति नेताले भने , ‘माओवादीले प्रतिगमनकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन किन ढिला गरिरहेको छ ? भन्ने प्रश्नहरु उठीरहेका छन् । यसबारे पनि बैठकमा छलफल हुनुपर्छ ।’
यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । तर बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न सकेको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरुले माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन चुनौति दिइरहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button