समाचारसमाजस्थानीय

ब्राउन सुगरसहित पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गर्यो

धरान
ब्राउन सुगरसहित वक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानद्धारा सार्वजनिक गरिएको हो ।


उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई आज लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।


प्रहरीका अनुसार विधानको घरमा लागुऔषधको कारोबार हुने गरेको सुचना प्रहरीले पाएको थियो । सोही सुचनाको आधारमा बुधबार प्रहरी टोली उनको घरमा पुग्दा विधानसँगै अन्य ३ जना फेला परेका थिए । कोठा खानतलासी गर्दा फ्रिज भित्र लुकाई छिपाई राखेको अवस्थामा ११ ग्राम ब्राउन सुगर फेला परेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए । पक्राउ परका चारै जना ब्राउन सुगरको कारोबारमा संलग्नता रहेको प्रहरीको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button