
धरान
धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । धरान ८ दुर्गापथमा बिहिबार साझ ५ बजे तिलबहादुर माझीले कुखुरी प्रहार गरी श्रीमातीको ३१ बर्षीय सम्झना बाझीको हत्या गरेका हुन् ।
घाटीमा खुकुरी प्रहार पछि सख्त घाइते भएकी श्रीमति सम्झनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । डिस्सपी बस्नेतले हत्याको कारण नखुले पनि विगत ५÷६ दिनदेखि श्रीमान माझी अस्वभाविक गतिविधि गर्दै आएको बुझिएको बताए ।
श्रीमतिको हत्या गर्ने तिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी बस्नेतले बताए । हत्या गरेको खबर प्रहरीलाई जानकारी गराएपछि प्रहरीले घट्ना स्थलमै गएर विस्तृत जानकारी लिने काम गरेको थियो । डिएसपी बस्नेतले भने । स्थानीयका अनुसार श्रीमान माझी विगतदेखि नै टेम्पो चालक रहेका थिए । घट्नाको विषयमा अनुसन्धान भइरहेको डिएपसी बस्नेतले जानकारी दिए ।