
प्रदेश १ संखुवासभामा बस दुर्घटना हुँदा ३२ जना घाइते (भिडियो सहित)
संखुवासभा
संखुवासभाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । जिल्लाको मादी नगरपालिकाबाट धरानतर्फ हिडिरहेकोे को.१ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो । बस दुघटना हुँदा ३२ जना घाईते भएको संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार बसमा सवार ३२ जना सबै घाइते भएका छन् । १३ जना गम्भीर घाइते भएको प्रहरी निरीक्षक खतिवडाले बताए । गम्भीर घाइते १३ जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र सामान्य घाइतेको चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात घर फर्केको खतिवडाको भनाइ छ । बसचालक र सहचालक फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।