पत्रपत्रिकास्थानीयहेडलार्इन

सुनसरीमा १२३ मतसहित जनकऋषि राई अध्यक्ष पदमा

[mashshare]

धरान
नेपाल पत्रकार महासंघ सुनसरी शाखामा १२३ मतसहित जनकऋषि राई अध्यक्ष पदमा विजयी बनेका छन् । २६२ सदस्य रहेको सुनसरीमा २४७ मत खसेको थियो । अध्यक्ष राईले २४७ मतमध्ये १२३ मत प्राप्त गरेका हुन् । यसपटक बागीको मत पनि सोचेभन्दा राम्रै खसेको छ ।
जित्ने प्यानलमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल (माओवादी केन्द्रनिकट) र प्रेस चौतारी नेपाल (माधव नेपाल र झलनाथ खनाल) को गठबन्धन थियो । संविधान, लोकतन्त्र र अग्रगमन पक्षधर श्रमजीवी पक्षधर पत्रकारहरुको साझा प्यानल विजयी बनेको हो ।


बुधबार सम्पन्न निर्वाचनको मत परिणाम बिहीबार राति ढिलो गरी आएको थियो । केन्द्र, प्रदेशको मत गन्दागन्दै यतिका समय लागेको थियो । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन भएको हो । अध्यक्षमै लडेका प्रेस चौतारी नेपाल (ओलीनिकट समूह) का सन्तोष काफ्लेले ६५ मत ल्याएका छन् । उनलाई प्रेस मञ्चको समेत ‘सपोर्ट’ थियो ।


अध्यक्ष पदमै प्रेस युनियनबाट बागी उम्मेदवार बनेका सचिन पोख्रेलले ४५ मत ल्याए भने सुविद गुरागाईंले १० मत ल्याएका छन् । यस्तै, उपाध्यक्ष पदमा गठबन्धनका गणेश निरौलाले १४२ मत ल्याउँदै विजयी बने भने प्रेस चौतारी नेपालका सुमन पुरीले ९८ मत पाएका छन् ।
महिला उपाध्यक्ष पदमा उषाकिरण भट्टराईले १०० मत ल्याउँदै विजयी बनिन् भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालकी सुमित्रा राई ९सञ्जु० ले ४५ मत पाएकी छिन् । यस्तै, उपाध्यक्षमै स्वतन्त्रबाट चुनाव लडेकी महिला मनिता चाम्लिङ राईले ५३ मत, प्रेस युनियनबाट बागी उठेकी रञ्जना पौडेलले ४३ मत पाइन् । सचिव पदका लागि गठबन्धनका धुव ढकालले १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका दिनेश गजमेरले ६४ मत पाए भने माओवादी केन्द्रबाट बागी बनेका भरतराज शर्मा (गोपाल कामत) ले ३१ मत पाएका छन् ।


सहसचिव पदमा गठबन्धनका तिर्थ कार्कीले ११५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका विकल रेग्मीले पनि ११५ मत नै पाए । शुरुमा अग्रता लिएका कार्कीले २०० मत गन्दासम्म एक मतले मात्रै अघि थिए । अन्तिम ४७ मत गन्दा बराबरीमा टुंगिएको हो । उनीहरुबीच पहिलो वर्षको कार्यकाल लिनेले एक वर्ष र दोस्रो वर्षको कार्यकाल लिनेले दुई वर्ष काम गर्न पाउने गरी दुवैपक्षलाई सहमति गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।


समावेशीमा सहसचिव पदका लागि गठबन्धनबाबट भोला श्रेष्ठले १४२ मत ल्याएर विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका प्रदीपकुमार चौधरीले ८९ मत ल्याए । कोषाध्यक्ष पदमा गठबन्धनका अजितकुमार झाले १३१ मत ल्याएर विजयी बने । कोषाध्यक्ष पदमै प्रेस चौतारीका कृष्णबहाव भट्टराईले ६४ मत ल्याए । कोषाध्यक्ष पदमै प्रेस युनियनबाट बागी उम्मेद्वारी दिएका निशान प्रकृति थारुले ४४ मत ल्याए ।
यस्तै, गठबन्धनबाटै मधेशी पदका सदस्य वीरेन्द्रकुमार यादवले ११४ मत ल्याएका छन् । यस्तै, खुल्ला पदका सदस्य बनेका गठबन्धनकै दीपेन्द्रकुमार यादव ११३ मत ल्याए । खुल्ला सदस्यबाटै विवेक रेग्मी १५२, सुस्मिता राई १५९, संगम विष्ट १२७, शुक्रान्त राई १२१, रामबहादुर कटुवाल (आरबी) १२१, शान्ता निरौला १२० र निश्चल शर्मा १०८ मत ल्याएर विजयी बनेका छन् ।


यसअघि महिला सदस्यमा देविका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, जनजाति सदस्यमा पारस राई, अल्पसंख्यक सदस्यमा महमद मिकाइल निर्विरोध निर्वाचित भइसकेका थिए । यस्तै, प्रेस चौतारी नेपाल (ओलीनिकट समूह) बाट सदस्य पदमा उम्मेदवार बनेका मधेशी पदका सदस्य ल्कमान अन्सारीले ९१ मत पाएका छन् । यस्तै, खुल्ला पद (ओलीनिकट समूह) मा उम्मेद्वार बनेका त्रिलोचन पौडेल ८७, अर्जुन पौडेल ५५, जमुना श्रेष्ठ ९०, जीवन विष्ट ७१, नविन चर्मकार (, विजयकुमार राई ५५ र वसन्त वान्तवा राई ७५ मतत ल्याएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा निर्वाचनुअघि माओवादी, कांग्रेस, एमाले (ओली, माधव, खनाल समूह) लगायतका नेता–कार्यकर्ता पनि मतदानस्थलमा पुगेका थिए । त्यहाँ धरानका मेयर, उपमेयरलगायतको टोली पनि पुगेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button