
काठमाण्डौं,
नेपालमा पछिल्लो समय फेरि ५ सय ५९ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । बितेको २४ घण्टामा ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ३ सय ७८ जनाको पीसीआर र ७ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ सय ९६ र ६३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ५३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३८ जना निको भएर घर फर्केका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।