
धरान,
धरानमा छैठौं ईन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ । गल्फ गल्फ क्लबको आयोजनामा छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता आगमी बैशाख ४ गते हुने भएको हो ।
आज पत्रकार सम्मेलन गदै क्लबले छैठौं गल्फ ओपन प्रतियोगिता हुने जानकारी गराएको छ । धरान गल्फ क्लबका पूर्व सदस्य स्वः इन्द्र कुमार लामिछानेको स्मृतिमा धरान गल्फ क्लबले प्रतियोगिता गर्दै आइरहेको थियो । प्रतियोगिता आगमी वैशाख ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको धरान गल्फ कोर्षमा सम्पन्न हुने आयोजक क्लबका अध्यक्ष टीका लिम्बूले जानकारी दिए । प्रतियोगितामा एक नं. प्रदेश लगायत काठमाडौ, पोखरा लगायत नेपालभर बाट ४० भन्दा बढी एमेच्योर खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई बराह गुरुपले प्रायोजन गरेको छ ।
प्रतियोगिताको उपाधी पाँचौ संस्करण इटहरीका सन्तोष कार्की र चौथो संस्करण धरानका वीरेन्द्रविक्रम लिम्बूले जितेका थिए । प्रतियोगिताले गल्फ खेलको विकासमा सहयोग पुग्ने आयोजक धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राइले बताए । पत्रकार सम्मेलनमा बोल्दै बराह गुरुपका अध्यक्ष शिव लामिछानेले स्वः बुवा इन्द्रकुमार लामिछाने खेलकुद प्रेमी भएको र त्यसमा पनि गल्फसँग अत्यन्तै लगाव भएको बताए । स्वः पिताको केही अधुरा सपना पुरा गर्न गल्फ प्रतियोगिता वार्षिक रुपमा प्रायोजन गरिरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।