गीत संगीतस्थानीयहेडलार्इन

कार्यक्रम स्थलमै बच्चा च्यापेर युवतीले देखाईन् यस्तो नाटक (भिडियो सहित)

धरान
कार्यक्रम स्थलमै बच्चा च्यापेर युवतीले देखाएकी नाटकले सबै दर्शको ध्यान तानेको थियो । सविना राईले नाटक राईले श्रीमान् विदेशिएकाहरुको पीडा नाटकमार्फत दृखाउदा सबै दर्शकको आँखामा आशु टिलपिलाएका थिए । उनी नाटकमा डुब्दा वास्तविकता जस्तै देखिएको थियो । शुक्रबार पूर्वाञ्चल बागिना कला केन्द्र धरानद्वारा आयोजित मिस स्टेट(१ सिजन(३ का सहभागी युवतीहरुका लागि ‘टयालेण्ट शो’ कार्यक्रम आयोजना भएको हो । धरानस्थित होटल प्र्वी स्टारमा आयोजित कार्यक्रममा सहभागी युवती तथा किशोरीले आ(आफ्नो प्रतिभा देखाएका छन् ।


कार्यक्रममा झरना लिम्बूले गीत गाइन् भने अम्विका राईले खेलकला काता प्रदर्शन गरिन् । यस्तै, मिश्र राईले स्पिच, जमुना लिम्बूले गीत सुनाईन् । स्वेता भुजेल, रचना लिम्बू, दुर्गा श्रेष्ठ र हाङमा लिम्बूले नृत्य देखाईन् ।् कार्यक्रमको निर्णायकमा कार्यक्रमकी कोरियोग्राफर मेरिना तुम्सा र मिस मङ्गोलकी विजेता स्वरुपा थापा मगर रहेका थिए । कार्यक्रमको सञ्चालन मिस स्टेट १ की यसअघिकी विजेता रजनी तुम्साले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा पूर्वाञ्चल सिङ्गीङ स्टारका प्रतियोगीहरुले पनि गीत सुनाएका थिए ।


विभिन्न क्षेत्रको ज्ञान लिने क्रममा ११ जना सहभागीहरु बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरुको एकमहिने प्रशिक्षण पनि सकिएको छ । प्रशिक्षण अवधिभर शिक्षा, स्वास्थ्य, पर्यटन, पत्रकारिता, महिला सशक्तिकरण, भाषणकला, उद्घोषणकला, ब्यक्तित्व विकास आदिको बारेमा प्रशिक्षण दिइएको कार्यक्रमकी कोरियोग्राफर मेरिनाले जानकारी दिइन् ।


प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । यस्तै, सहप्रायोजनमा बराह ग्रुप रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि।, बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउन्ड सुन्दर साउण्ड सर्भिस धरान, रेडिकल लाइट नेपाल प्रालि रहेको छ ।

बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान गरिने अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button