
धरान
धरान संखुवासभा सरोकार समाजले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार (आज) धरानको एक होटलमा बिक्रम सम्बत २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । शुभकामना मन्तव्य राख्ने क्रममा माओवादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुङ धरान र संखुवासभा विविध बिषयबाट सम्बन्ध रहेको बताए । बिकासको लागि संखुवासभामा उत्पादन भएका जलविद्युतले धरानवासी समेत उपभोग गर्न उनको भनाई थियो । ‘केही वर्षमा नै किमाथांका नाका खुल्छ त्यो नाका खुलेपछि संखुवासभाले मात्र लाभ लिदैन त्यसबेला धरानलाई आर्थिक लाभ हुन्छ । विकासको काममा योजना बनाएर जान सके संखुवासभा र धरानलाई राम्रो हुन्छ ।’ इन्चार्ज चोत्लुङले भने ।
यस्तै शुभकामना मन्तब्य राख्दै समाजका सल्लाकार शिला बज्राचार्यले यस अघि अन्य जिल्लाको समाज स्थापना भएको देख्दा संखुवासभाको किन भएन भनेर सोच्ने गरेको बताईन्् । संखुवासभाबाट उपचारका लागि आउने जिल्लावसीलाई उपचारमा समस्या हुने भएकाले उनीहरुलाई आर्थिक सहयोग गर्न पर्ने उनको भनाई थियो । यस्तै शुभकामना दिने क्रममा प्रदेश सांसद पदम कुमारी गुरुङले संखुवासभामा जन्मेर धरानमा बसोबास गर्नेहरु अत्याधिक रहेको बताए । धरान संखुवासभा सरोकार समाज संस्थामा कम जिल्लावासी आवद्ध भएकाले सबैलाई समेटेर अगाडी जानु पर्ने सांसद गुरुङको भनाई थियो ।
यस्तै शुभकामना दिैदै प्रदेश सांसद उमिता बराइलिले संखुवासभाका बासिन्दा सुनसरी जिल्लामा धेरै रहेकाले धरान संखुवासभा सरोकार समाजले संस्थाले कार्यक्षेत्र बढाएर अघि बढ्नु पर्ने बताईन् । समाजले संखुवासभा जिल्लामा रहेका विविध राम्रो पक्षको प्रचार प्रसार गर्न समेत सांसद बरालीको सुझाब थियो । यस्तै सांसद सावित्री जोशिले शुभकामना मन्तव्य दिदै संखुवासभा जिल्लाका बिरामी असक्तलाई मात्र नभई अन्य जिल्लाका विरामीलाई पनि समाजले सहयोग गर्नु पर्ने बताईन् । संखुवासभा जिल्लावासीलाई जस्तै अन्य जिल्लाको मानिसलाई पनि सहयोगको दृष्टिले हेर्नुपर्ने समाजलाई सांसद जोशीले सुझाब दिईन् ।
शुभकामना आदानप्रदानका प्रमुख अतिथी प्रदेश १ सांसद तथा सामाजिक बिकास समितिको सभापति सरिता थापा खड्काले धरान र संखुवासभाको सम्बन्ध पुरानो भएको बताईन् । ‘संखुवासभाका बासिन्दा नुन बोक्न धरान न आउने कमै होला भन्दै त्यस बेलादेखि नै प्रगाढ रहेको छ । कोशी राजमार्गको कारण थप सम्बन्ध जोडेर जादैछ । बिकासको कारण बसाइँसराइ झरेकाहरु आर्थिक रुपमा अब पुन संखुवासभामा लानुपर्छ । आगामी दिनमा विकास भने आर्थिक उन्नति नै भएको हुनाले आर्थिक मजबुत भएका ब्यक्तिहरु संखुवासभामा लाग्नु पर्छ ।’ उनले भनिन् । धरान संखुवासभा सरोकार समाजले सेवा सहितको निरन्तरता दिनु पर्ने सुझाव सहित सभापति खड्काले शुभकामना दिईन् ।
धरान सरोकार समाजका अध्यक्ष मिङ्मा भोटेको अध्यक्षतामा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना मन्तव्य राख्दै समाजका अध्यक्ष भोटेले स्थापनाकाल देखि नै जिल्लाका बिरामीलाई उपचार लागि सहयोग गदै आएको बताए । शुभकामना दिने क्रममा भोटेले जिल्लावासी जीवन भुजेल बिराटनगर ९ महिना बन्धक भएको अवस्थामा पाँच लाख तिरेर उद्दार गरेको जानकारी गराए । जिल्लाबाट नाजुक अवस्थामा उपचार गर्न आउने बिरामीको संख्याले संस्थालाई चुनौती दिइरहेको अध्यक्ष भोटेको सुनाए । शुभकामना कार्यक्रम सस्थाका सचिब इन्दु योन्जनले संचालन गरेका थिए ।






