
विराटनगर,
प्रदेश नं. १ मा आज ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जू, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६ सय ४७ पुगेको छ । सङ्क्रमित भएका मध्ये २९ हजार ९ सय ९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित २ सय ६६ जना छन् । प्रदेश १ मा आज ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।