
काठमाण्डौं
आज देशभरको मौसम यस्तो रहने भएको छ । देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको विज्ञहरु बताउँछन् । देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज बुधबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
भोली बिहिबार देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू(भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।