
विराटनगर
छिमेकी देश भारतबाट चोर बाटो भएर नेपाल प्रवेश गर्ने र सिमा पारी गएर किनमेल गर्ने मानिसका कारण कोरोनाको थप जेखिम देखिन थालेको छ । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । प्रक्रिया पुरा गरेर मालबाहक गाडी र आवत जावत गर्ने नागारिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ ।
तर, मानिसहरु सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको जानकारहरु बताउँछन् ।
मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न व्यस्त छन । अघिल्लो वर्ष कोरोनाको महामारीका बेला स्थानीय प्रशासनले पारिबाट आउनेलाई नाकामै पक्राउ गरेर १४ दिने क्वारेन्टिनमा पठाई दिने गरेको थियो । तर, यो पटक परीक्षण छ नत प्रशासन कडाई नै गरेको छ । प्रहरीको आँखा छलेर भारततर्फ जानेलाई निगरानी गर्ने, सीमामै रोक्ने र अटेर गरी भारत पुग्नेलाई पक्राउ गरी क्वारेन्टिनमा पठाउने काम भएको छैन ।
कतिपय व्यापारीले जोगबनीबाट सामान ल्याएर गाउँगाउँसम्म बिक्रीका लागि लग्ने कामसमेत गरिरहेको सूचनाको आधारमा प्रहरीले निगरानी र नियन्त्रण लिने क्रमलाई बढाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
प्रदेश १ को जोगबनी, भन्टावरी, काँकडभिट्टा र पशुपतिनगर नाकाबाट हुने आउँजाउँसमेत उस्तै छ । विराटनगरको इस्लामपुर, दरैयाबस्ती, विराटनगर–१६ को दक्षिण गेट क्षेत्रबाट लुकीछिपी भारत जाने र किनमेल गरी फर्कनेलाई कडाई गर्न स्थानीय रुपमै माग बढेको छ । मोरङको ६३ किलोमिटर क्षेत्रमा रानी नाकासहित ३६ नाका छन्
झापाको भद्रपुर नाकाबाट आउजाउ गर्न भने कडाई गरिएको छ । यसअघि कोरोनाका कारण प्रदेश राजधानी विराटनगरमा मात्र ३ हजार भन्दा धेरै नागरिकमा संक्रमण पुष्टि भएको थियो । हिजो विहीबार मोरङको विराटनगरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।