अर्थ खबरसमाचारहेडलार्इन

अस्पतालमा बन्धक भएका भुजेलका लागि उठेको पैसा हस्तान्तण (भिडियो सहित )

धरान,
अस्पतालमा बन्धक भएर बसेका जीवन भुजेलको नाममा संकलन भएको रकम धरान संखुवासभा सरोकार समाज फिर्ता गरेको छ । संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नम्बर १ चन्दनपुर निवासी जीवन भुजेलको हाल घाटिको समस्यको कारण आवाज आउन सकेको छैन । उनको आवज आउने बनाउन घाँटीम लगाउने पाईप बिदेशबाट जिकाएर उपचार गर्नु पर्ने डाक्टरको भनाई छ । भुजेलको घाँटीमा राख्ने पाईप नेपाल ल्याउन नसके छिमेकी देश भारतमा गएर उपचार गर्नु पर्ने डाक्टरहरु बताउँछन् ।


घाटिको समस्या देखिएका भुजेलको उपचार विराटनगरको बिराट नर्सिङ होममा उपचार गरिएको थियो । उपचारको क्रममा अस्पतालमा ९ लाख बढीको बिल आएको थियो । सो रकम अस्पताललाई नदिएका कारण भुजेललाई अस्पतालले बन्धक बनाईएको थियो । आर्थिक अवस्था कम्जोर भएका कारण भुजेलको परिवार पनि सम्पर्क बिहिन बनेका थिए । अस्पतालमा उपचारको क्रममा आफ्न्त सम्पर्कबिहिन भएको र विराटनगरको बिराट नर्सिङ होममा जीवन भुजेल बन्धक बनेको सामाजिक संजाल अनलाइनमा समाचार आएपछि धरान संखुवासभा सरोकार समाजको ध्यानाकर्षण भई आर्थिक रकम दाताहरु संग मागेर भुजेललाई अस्पतालबाट उद्धार गरेको समाजका अध्यक्ष मिक्मा भोटेले बताए ।
भुजेलको नाममा संकलित रकम अस्पताललाई तिरेर बाँकी रहेका रकम बिहिवार धरानमा पत्रकार सम्मेलन गरी भुजेलको अभिभावक दिदी पुर्णिमा भुजेल र उनको श्रीमती बिना भुजेललाई समाजले १ लाख २५ हजार ९ सय १८ रुपैया हस्तान्तरण गरेको थियो । बन्धक भएको भुजेललाई उकास्न समाजले अभियान चलाएपछि गृह मन्त्रालय, खाँदबारी नगरपालिका, त्यस्तै देश बिदेशबाट जम्मा १० लाख १७ हजार ५ सय ४० रुपैया सहयोग रकम संकलन भएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष भोटेले जानकारी दिए ।


रकम हस्तान्तरण गर्ने क्रममा जीवन भुजेलले अब मेरो उपचार हुन्छ कि हुदैन भनेर लेखेर समाजका अध्यक्ष भोटेलाई प्रश्न गरेका थिए । भुजेलको आवज आउन सक्ने भएपनि घाटीमा राखिने पाईप बिदेशबाट मगाउनु पर्ने भएकाले उपचार ढिलो भएको डाक्टरको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष भोटेले आफ्नो संस्थाले भुजेलको लागि सक्दो सहयोग र उपचारका लागि पहल गरेको बताए । ‘हामीले जीवन भुजेललाई अस्पतालमा बन्धकबाट छ््ुटकारा गराई उसको उपचारका लागि नेपालमा जानेबुझेको डाक्टरहरु संग सल्लाह गरौं उसलाई अस्पतालबाट निकाल्न संखुवासभाका सांसद देखि आफुले चिनेजानेको सबै नेताहरुलाई समेत सहयोग मागैं त्यसैगरी देश बिदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको अप्रिल गरेका थियौं उहाँहरुले हाम्रो कुरा सुनी दिनु भयो र हामीले जीवन भुजेललाई बन्धकबाट छट्याउन सफल भयौं । उसको नाममा संकलन भएको रकम धरान संखुवासभा समाजले पारदर्शीका लागि यो पत्रकार सम्मेलन गरी उसको थप उपचार होस भनेर हामीले उसको नाममा जम्मा भएको बाँकी रकम हस्तान्तरण गरेका हौं ’ समाज अध्यक्ष भोटेले भने ।


धरान संखुवासभा सरोकार समाजका पदाधिकारी प्रदेश १ का सांसद पदक कुमारी गुरुङ , विभिन्न संघ संस्थाक प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरु बिच जीवन भुजेललाई संकलित बचेका रकम भुजेलको दिदी , श्रीमती र भाई समेतलाई राखेर हस्तान्तरण गरिएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button